कुलदीपको पेटमा भेटियो सिक्का, नटबोल्ट, सेफ्टी पिनसहित सयौँ सामान

कुलदीपको पेटमा भेटियो सिक्का, नटबोल्ट, सेफ्टी पिनसहित सयौँ सामान


पञ्जाब ।

नट बोल्ट, सेफ्टी पिन, लकेट, राखी, इयरफोन, स्क्रू खान मिल्छ रु यो प्रश्नको जवाफ ‘मिल्दैन’ भन्ने अवश्य आउनेछ । तर पञ्जाबको मोगाबाट यस्तो अचम्मको घटना बाहिर आएको छ, जसले सारा विश्वको ध्यान तानेको छ ।

वास्तवमा मोगाका ३५ वर्षीय कुलदीप सिंह दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार गराए पनि राहत मिलेन ।

मंगलबार (२६ सेप्टेम्बर) जब उनी अस्पताल गएका थिए तब मोगाको मोगा मेडिसिटी अस्पतालमा चिकित्सकले कुलदीपको एक्स–रे गरे पछि छक्कै परे ।

एक्सरे रिपोर्टमा त बिरामीको पेटभित्र विभिन्न किसिमका वस्तु देखेर उनीहरु छक्क परे । अस्पतालका निर्देशक अजमेर सिंह कालराले एक्सरे गरे पछि पेटभित्र लकेट, चेन, नट, बोल्ट, इयरफोनलगायत अन्य धेरै वस्तु भेटिएको बताए । ‘त्यसपछि हामीले उनको शल्यक्रिया गर्ने निर्णय गर्‍यौं,’ उनले भने ।

कुलदीपले सेफ्टी पिन, म्याग्नेट, शर्टको बटन र जिपलगायत अन्य सामान खाएको देखिन्छ। करिब तीन घण्टासम्म चलेको उक्त शल्यक्रिया शल्य चिकित्सक अनुप हाण्डा र ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा। विश्वनुर कालराले गरेका थिए ।

कुलदीपलाई पिका डिसअर्डर रहेको डा। कालराले बताए । पिका एक खाने विकार हो, जसमा एक व्यक्तिले चीजहरू खान्छन, जुन सामान्यतया खाना मानिदैन। धारिलो वस्तु खाएकोले उनको पेटमा गहिरो चोट लागेको थियो । शल्यक्रिया सफल भए पनि उनी भेन्टिलेटरमा छन र अवस्था चिन्ताजनक छ ।
बिरामीका आफन्तलाई आफूले गैर खाद्य पदार्थ सेवन गरेको थाहा नभएको जनाएका छन । तर, डा ईश्वर कलबुर्गीले उनले आफू मानसिक समस्याबाट पीडित रहेको बताएका थिए । उनी विगत दुई–तीन महिनादेखि यी सिक्का निलिरहेका थिए अनि वान्ता र पेट दुख्ने समस्या भए पछि मात्रै अस्पताल आएका थिए ।

‘उनको लक्षणका आधारमा हामीले उनको एक्सरे गर्‍यौं। एक्स–रे र एन्डोस्कोपी गरे पछि पेटमा सिक्का भेटियो त्यसपछि हामीले उनको अपरेशन गर्ने निर्णय गर्‍यौं। पेट एकदमै फुलेको थियो । पेटका विभिन्न ठाउँमा धेरै सिक्का अड्किएका थिए । दुई घण्टाको शल्यक्रियापछि हामीले सबै सिक्का निकाल्यौं। अहिले बिरामीको अवस्था स्थिर छ’ निर्देशकले भने ।