दोलखाबाट ४ किलो सुन बरामद, ३ जना पक्राउ

दोलखाबाट ४ किलो सुन बरामद, ३ जना पक्राउ


काठमाडौं।

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको छ ।

सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बरामद सुन परीक्षणका लागि पठाइएको छ ।

इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको बताइएको छ ।