पोल्याण्ड पठाईदिने भन्दै १२ लाख कुम्ल्याउने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै १२ लाख कुम्ल्याउने मेनपावर सञ्चालक पक्राउ


काठमाडौं ।

पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्ला भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारीलाई विभिन्न चार जनासंग १२ लाख रकम ठगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेका हुन् ।

अधिकारीलाई खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।