अभियन्ता ईःलाई बालेनको प्रश्न- हामीले तपाईँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?

अभियन्ता ईःलाई बालेनको प्रश्न- हामीले तपाईँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?


काठमाडौं ।

७ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले वार्तामा बोलाएको मेयर बालेन साहले बताएका छन् ।

मेयर बालेनले भने अभियन्ताहरु उभिरहेको ठाउँमा आफैं गएर वार्ता गरौं भन्दा पनि नआएको दाबी गरेका छन् ।

बालेनले भनेका छन् । ‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ।के वार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’

यता अभियन्ता ईः महानगरले वार्ता गर्न चाहेको भए आफूहरु तयार रहेको बताए । तर महानगरको नेतृत्व वार्ता गर्ने भन्दा पनि वार्तामा बोलाएकै हो, आएन भनेर प्रचार मात्र गर्न खोजेको उनले बताए ।