उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार सुन–चाँदीको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।