new

पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन

कलैया, वैशाख । बारामा आव २०७३/0७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो । गत वर्ष पाँच हजार पाँच सय ९६ मेट्रिक टन मुसुरो उत्पादन …

पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

वैशाख । रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन …

कीटजन्य रोगको जोखिमसँग सामना गर्न जनशक्ति छैन

कल्पना पौडेल,हेटाँैडा । पछिल्लो समय नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको भएपनि त्यसको नियन्त्रणका लागि जनशक्तिको भने अभाव रहेको छ । सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रका क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा बाहेक अन्य पाँचै विकास क्षेत्रमा विज्ञको दरबन्दी खाली रहेको छ । केन्द्रमा पनि …

प्रधानमन्त्री दाहालसंग झोक्किएर मन्त्री थानी किन गए शौराहा

काठमाडौ । प्रधानमन्त्रीले पुष्पकमल दाहालले सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले प्रस्ताव नमाने पछि आक्रोशीत बनेका मन्त्री थानी चितवनको शौराहा पुगेका छन् । सहकारी क्षेत्रको २० बर्षे र्दिघकालिन रणनितिक योजना तर्जुमा गोष्ठीमा भाग लिन सहकारी बिभागले हवाई टिकट भएको जानकारी गराउदा समेत त्यसको प्रवाह नगरि आफ्नै सवारी साधनमा सौराहा पुगेका मन्त्री थानीले आज दिउसो …

तरकारी खेतीबाटै रु १७ करोड आम्दानी तर सिँचाइको समस्या

गोरखा । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै होइन बचत पनि गर्नुभएको छ । रेग्मीले भन्नुभयो, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी …

जेठमै निर्वाचन हुन्छ-मन्त्री केसी

नुवाकोट।सहरि विकास मन्त्री अर्जुन नरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पुर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको स्पष्ट पार्नुभएको छ । आईतवार नुवाकोटमा अलैंचि ब्यबसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसिले सबै पक्षको सहमतिमा जेठ १५ भित्र स्थानीय निकायको निर्बाचन गर्न सरकार दृढ़ रहेको समेत वताउनु भयो । कार्यक्रममा मन्त्री केसिले संविधानका …

सुपारी तस्करीकाे नयाँ तरिका

काठमाडौं ।  सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुन थालेको छ । प्रहरीले शरीरमा सुपारी फिट गरेर लैजादै गरेको अवस्थामा दुईजना महिलालालाई नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा महिलाको प्रयोग हुने खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । ‘सीमावर्ती क्षेत्रमा महिला प्रहरीको उपस्थिति न्यून छ र पुरुष प्रहरीले महिलाको शरीर आनतलासी गर्न मिल्दैन’, …

पन्थी डेरी उद्योग सिलबन्दी

म्याग्दी। म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो । म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको डेरीमा रहेका कतिपय …

अर्गानिक तरकारी खेतीले नै ल्यायो जिवनमा परिर्वतन

मीना घोरसाइने,काभ्रे। सङ्खुवासभा घर भई काभ्रेको बालुवापाटी–२ रोहिणीमा नगरकोट एग्रिकल्चरल रिसर्च फार्मको नामबाट फार्म दर्ता गरी काम गर्दै आउनुभएका देवी सिलवाल उदाहरणीय व्यक्ति हुनुहुन्छ । उहाँले अर्गानिक तरकारी खेतीबाट वार्षिक रु ४० लाख आम्दानी गर्दै आउनुभएको छ । ४७ वर्षीय सिलवालले करिब १५ वर्षसम्म दुबईको एक प्रतिष्ठित होटलमा व्यवस्थापको जिम्मेवारी सम्भाल्नु भएको थियो । पछि …

युद्धमा सामेल रोल्पाका एक नेताको व्यवसाय

उमा केसी,रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आउनुभएको छ । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी …

लोकप्रिय