new

कार्टुनिस्ट वात्स्यायनलाई सम्मान

पोखरा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको २७औँ दिवसका अवसरमा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन सम्मानित हुनुभएको छ । चित्रकलाको क्षेत्रमा पुयाएको योगदानको कदर स्वरुप उहाँलाई यहाँ आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरन्जीवीप्रसाद शर्माले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा प्याब्सन कास्कीमा आबद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने …

सुवास ढुङ्गेलको ‘अक्षरका गोलीहरु’ लोकार्पण

ललितपुर  । गीतकार सुवासचन्द्र ढुङ्गेलको पहिलो मुक्तक सङ्ग्रह ‘अक्षरका गोलीहरु’को लोकार्पण भएको छ । संस्कृतिकर्मी चेतन कार्कीलगायतका स्रष्टाले ढुङ्गेलको कृति लोकार्पण गर्नुभएको हो । ढुङ्गेलको सङ्ग्रहका हिसाबले यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको ‘भाँचिएको मन’ गीत–गजल सङ्ग्रह प्रकाशित भएको थियो । धेरै गीत सिर्जना गर्नुभएका उहाँ मुक्तक गीतभन्दा छोटो भए पनि पाठक र …

लौ आयो छन्दपराग परिमार्जित दोस्रो संस्करण

काठमाडौ  विसं २०६२ मा पहिलो संस्करणका रुपमा प्रकाशन भएको देवी नेपालद्वारा लिखित छन्दपराग नामक छन्दको लक्षणग्रन्थको परिमार्जित दोस्रो संस्करण प्रकाशन भएको छ । पहिलो संस्करणभन्दा तेब्बर ठूलो सो कृतिमा धेरै नयाँ कुरा थपिएको छु । कृतिबाट धेरैले कविता, गीत र गजल लेख्न सिकेका थिए । छन्दपरागभित्र कविताको लघुतम रुपमा पर्ने र नेपालीमा लेखिएका हाइकु, ताङ्का, …

३० करोडले जोगिन्छ त साझा प्रकाशन ?

काठमाडौं । नेपालका १ हजार ५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकारलगायतका स्रष्टाहरूको शेयर रहेको साझा प्रकाशन पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । कर्मचारीहरूले तलब पाएका छैनन् भने बजारमा साझाको उपस्थिति कमजोर भएको छ । लेखकहरूले रोयल्टी पाएका छैनन् भने बैंकले साझाको पुल्चोकस्थित जग्गा लिलामी गर्ने सूचना जारी गरेको छ । सरकारले १० करोड …

टर्यो साझाको लिलामी, सरकारले ३० करोड दिने

काठमाडौं । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका …

व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~ सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला बुढा बाआमाको हातबाट टीका लाउँला हरियोपत्ताको लोभी मनले जाने आँट गरेन बाबुआमा मरेर गए पत्तो हातमा परेन नेपालबाट एकाबिहानै श्रीमतीको फोन आयो ए बुढा थाहै होला अब त दशैं लाग्यो डेढ लाख खर्चेर तिमी दशैंमा यता नआऊ त्यसको सट्टा एउटा आइफोन– ६ पठाऊ

लोकप्रिय