new

प्रधानमन्त्री प्रचण्डले नै शिलान्यास गर्ने द्रुतमार्ग को

रमेश लम्साल,काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गर्नुभएपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित …

वान बेल्ट वान रोडमा आज हस्ताक्षर हुँदै

काठमाडौ । नेपालले वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ । ‘लामो समयको मिहिनेतपछि चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर हुँदै छ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने । परराष्ट्र मन्त्रालयका अनुसार समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी …

दुई दशकमा पनि चक्रपथको ट्र्याक खुलेन

वैशाख । निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मोरङका प्रमुख श्यामकिशोर सिंहका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस्तारका क्रममा …

चुनाव भरि नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला

वैशाख ।  आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ । अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका इन्जिनियर …

तनहुँ सेती जलविद्युत् आयोजनाले ३२ करोड मुआब्जा वितरण

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्जमध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण गरिएको हो । मङ्गलबार र आज गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र …

खानेपानी आपूर्ति व्यवस्थापनमा एसियाली विकास बैंकले सघाउने

शरच्चन्द्र भण्डारी,जापान । एसियाली विकास बैंक (एडिबी)ले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ । एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख १६ मुलुकका पत्रकारसँग आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैंकका उच्च व्यवस्थापकले त्यस्तो जानकारी दिएका हुन् । ‘एसियामा पानीको संरक्षण र आवासयोग्य सहर निर्माणमा एडिबीको भूमिका’ विषयक पत्रकार सम्मेलनमा …

मोहनापुल—अत्तरिया ‘छ लेन’ सडक निर्माण अघि बढेन

धनगढी । तत्काल सुरु गर्ने भनिएको कैलालीको मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन’ सडकको निर्माण कार्य पाँच महिनासम्म पनि सुरु भएको छैन । गत मङ्सिरमा कार्यालय उद्घाटन समारोहमा मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हप्ता दशदिनमा सडक निर्माण सुरु हुने बताउनुभएको थियो । सडक डिभिजन कार्यालयको चौरमा ब्यानर टाँगेर आयोजनाको कार्यालय उद्घाटन गरिएको थियो । …

विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

गोरखा । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो । प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स …

अन्नपूर्ण आधार शिविर पदमार्गमा जोडियो

म्याग्दी : म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको ४० लाख रुपैयाँ अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सकिएको …

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

बागलुङ : धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुयाइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । सेवा विस्तारसँगै …

लोकप्रिय