कुश्माकाे अग्लो झोलुङ्गेपुलबाट भिरमा खसेका युवाको उद्धार

पर्वत । पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा–मुडिकुवा अग्लो पुलबाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मङ्गलबार राति साढे ८ बजेको समयमा पुलबाट खसेर भिरमा अड्किएका गुल्मी घर बताउने ४२ वर्षीय सुरेश गुरुङलाई सशस्त्र पहरी बल २५ नं गण चण्डिका पर्वतका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको नेतृत्वमा गएको टोलीले सकुशल…