चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आह्वान भएपछि १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको हो । १२ करोडको लगानीमा उक्त अस्पताल निर्माण हुने नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए । उनका अनुसार…