बाघको आक्रमणबाट दुईजना घाइते

बारा । बारामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार पौने ५ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो। बाराका डिएसपी दधिराम न्यौपानेका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका- ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि…