अतिक्रमित सामाखुसी खाेलामा महानगरकाे डाेजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिटका संरचना (स्ल्याब) हटाउन सुरु गरेको छ । सामाखुसी खोलामाथि अनधिकृत रूपमा बनाइएका कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो । महानगरले केही दिनअघि सूचना जारी गरी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामान हटाउन भनेकाे थियो । सूचना बेवास्ता गरेपछि महानगरले ती…