Logo

शहिद स्मारक ए डिभिजन लिग– हिमालयन शेर्पासंग एनआरटी पराजित



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो । राजेशले डिबक्सको नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । उसका विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनाउन सफल रह्यो । त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै शेर्पालाई अग्रता दिलाए ।
दोस्रो हाफमा थप गोल नभएपछि शेर्पा विजयी बनेको हो ।

शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।

प्रतिक्रिया दिनुहोस्