Logo

झुप्री भण्डारीको मर्मस्पर्शी गीत ‘सम्झी रूना रूना’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं – ‘दि भ्वाइस अफ नेपाल २’ मा सहभागी भएकी गायिका झुप्री भण्डारीको ‘सम्झी रूना रूना’ बोलको गीत सार्वजनिक भएको छ ।

पाण्डव विष्टको लय रहेको ‘ठाडी भाका’ को शब्द संकलन भण्डारी स्वयं तथा उनलाई सहयोग गर्दै आएका कमल सघर्षले गरेका हुन् । सुदूरपश्चिमको अछाममा जन्मेकी उनी बच्चैदेखि दृष्टिविहीन हुन् । झुप्री भ्वाइस अफ नेपाल– २ को ब्याटल राउण्डबाट बाहिरिएकी थिइन्।

कमल सघर्ष र वरुण रिजालको निर्देशन रहेको गीतमा भण्डारीका आमा(बाबु र उनी आफैले अभिनय गरेका छन् । गीतमा दृष्टिविहीनले भोगेका समस्या, मनोभावना तथा समाजले उनीहरुप्रति गर्ने व्यवहारलाई समेटिएको छ।
(भिडियो )

प्रतिक्रिया दिनुहोस्