Logo

गोली प्रहार गरि भारतमा एक नेपालीको हत्या गरियो



काठमाडौँ । गोली प्रहार गरी भारतमा एक नेपालीको हत्या भएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवलाई भारतबाट फर्कंदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको थियो। बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका यादव ग्यारेज धनी सत्येन्द्र यादवसँग स्कार्पियोमा फर्कँदै थिए। नेपाली नागरिकको हत्या भएपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस गरिरहेको छ। घटनाको विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्