Logo

६ दशमलव ६ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडियो



काठमाण्डौं । लमजुङको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि बिजुली उत्पादन सुरु गरेको छ ।

६ दशमलव ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको कोलसोथर गाउँपालिका–५ सिन्दीमा रहेको छ । यो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादन भएको बिजुली मिजुरेडाँडा सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

निर्माण सुरु भएको झण्डै दुई वर्षमै उत्पादन सुरु भएको आयोजनामा प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताउनुभयो । बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गएको वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्