Logo

एसएसपी शौरभ राणाले प्रेम गर्न छाडेको भन्दै विवाहिता प्रेमिकाको उजुरी



काठमाडौं । महिलाको शारीरिक आशक्ति र हाकिमको बेवास्ता अन्ततः यौन हिंसाको मुद्दा बन्दैछ । संघीय प्रहरी इकाई, धरानका एसएसपी सौरभ राणा यस्तो लफडामा फस्ने करिब निश्चित भएको छ ।

झापाकी एकजना विवाहिता महिलासँग लामो समयदेखि रहँदै आएको उनको निकटता केही महिनादेखि भंग भएपछि रुष्ट महिलाले अर्कैसँग रंगेहात फेला पारेको भन्दै रिसै रिसमा उनीविरुद्ध विभिन्न निकायमा उजुर गरेकी थिइन् । र, प्रहरी प्रधान कार्यालयको ढिलासुस्तीपछि अब सौरभलाइृ निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन गृहमन्त्रालयले विशेष निर्णय गर्दैछ ।

प्रधान कार्यालयले उनको दोष नदेखिएको अवस्थामा खासै कारबाही अघि नबढाउने रिपोर्ट दिएको थियो । तर, महिलामैत्री कानुनी सुविधाको उपभोग गर्दै एसएसपीमाथि कारबाही हुनुपर्ने राय गृहका अधिकारीले दिँदै आएका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्