Logo

डिम्पलको चलाखीः अनिललाई केन्द्रको मन्त्री बनाउन आफूले दिइन् राजीनामा



काठमाडौं । प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले पति अनिलकुमार झाको बार्गेनिङ पावर बढाउन पदबाट राजीनामा दिएकी छिन् । स्रोतका अनुसार राजपाबाट प्रदेशमा मन्त्री पद खाइरहेकी डिम्पलले केन्द्रमा अनिललाई मन्त्री बनाउन यस्तो चलाखी गरेकी हुन् ।

उनी मन्त्री भइरहँदा अनिललाई पार्टीका अरु नेताले ‘प्रदेशमा श्रीमती, केन्द्रमा श्रीमान् ?’ भनेर प्रश्न गर्न सक्थे । तर पत्नीले नै राजीनामा दिएपछि अनिलले राजपा सरकारमा जाँदा आफूले मन्त्री पद पाउनु पर्ने जिकिर गर्न सक्नेछन् ।

डिम्पलले राजनीनामा दिनुको कारण भने अनौठो उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, प्रतिष्ठा जोगाउन लामो समयदेखिको प्रयास अनुकूल नरहेको ले पदबाट राजीनामा दिनु परेको हो ।’

प्रतिक्रिया दिनुहोस्