Logo

१३ औं सागको भव्य समापन, ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

१ सय ७२ स्वर्णसहित भारतको दबदबा



काठमाडौँ । नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पदक तालिकामा भारतको दबदबा देखिएको छ ।

१३ औं सागको अन्तिम दिनसम्म भारतले १ सय ७२ स्वर्ण पदक सहित भारतले दक्षिण एसियाली खेलकुदमा आफ्नो दबदवालाई कायम राखेको हो । भारतले ९३ रजत र ४५ कास्यसहित ३ सय १० पदक आफ्नो पोल्टामा पारेको छ ।

भारतलाई पछ्याएको नेपाल ५१ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले ५९ रजत र ९४ कास्यसहित २  सय ४ पदक जितेको छ । तेस्रो स्थानमा रहेको श्रीलङकाको ४० स्वर्ण, ८२ रजत र १ सय २८ कास्यसहित २ सय ५० पदक जितेको छ ।

चौथो स्थानको पाकिस्तानको ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित १ सय ३१ पदक आफ्नो पोल्टामा पारेको छ । बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य पदक सहित १ सय ३८ पदक जितेको छ ।

१ स्वर्ण र ३ कास्य पदक माल्दिभ्सले जित्दा, तालिकाको पुछारमा रहेको भुटानले ७ रजत र १३ कास्यसहित २० पदक जित्दा एउटा पनि स्वर्ण पदक जित्न सकेन ।

प्रतिक्रिया दिनुहोस्