Logo

ओखलढुंगामा जिप दुर्घटना हुँदा १० जना घाइते



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६, टोड्केमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

आज बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो । जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको जानकारी आएको छ ।

घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको छ । सम्पुर्ण घाइतेहरुको ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्