Logo

नेपाल दोश्रो गोलले अग्र स्थानमा



काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ ।

अहिले दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसैगरी, खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए ।

स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

नेपालले यो खेलबाट स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्