Logo

राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने : उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।

‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रशंग चल्छ , जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भएका कोही पात्रले पनि छुट पाउने छैन् , छुट दिइने छैन यो प्रतिवद्धता हो’, उहाँले भन्नुभयो ।

जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताउनुभयो ।

भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको पुष्टी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्