Logo

म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित दुई जना पक्राउ



नुवाकोट । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्