Logo

स्वरसम्राट नारायण गोपालको आज २९औं स्मृति दिवस

नारायण गोपाल सङ्गीत कोषले विभिन्न कार्यक्रमको आयोजना गर्दै



काठमाण्डौ । नेपाली सङ्गीत जगतका चम्किला तारा स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको आज २९ वर्ष पुगेको छ । बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते काठमाण्डौमा उहाँको जन्म भएको थियो । विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ । आज उहाँको २९औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनुँ’, ‘एउटा मान्छेको मायाले कति’ लगायतका दर्जनौँ कर्णप्रिय गीतमा नारायण गोपालले स्वर भर्नुभएको छ । जसका कारण उहाँ युगौंयुग नेपालीको मनमा बसिरहन सफल हुनुभएको छ ।

उहाँले दिनुभएको संगीत र गायनलाई अहिलेसम्म कुनै पनि नेपालीले तोड्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्