Logo

शून्य सहनसिलतामा काम गर्छु : तिलक राई



धरान । धरान उपमहानगरपालिकाको मेयरमा विजयी नेपाली कांग्रेसका तिलक राईले धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।

मेयरमा विजयी भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदै स्थानीयतहमा कोही पनि प्रतिपक्ष नहुने भन्दै सबैले मिलेर नै धरानको विकास र समृद्धिमा काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,‘मलाई धरानका जनताले जिताउनु भएको हो, यो जनताको जित हो। मैले कांग्रेसको मतले मात्र जितेको होइन।’

उहाँले जनताको अभिलाषालाई सबैले मिलेर पुरा गर्ने बताउनुभयो । धरानमा भएको विकृति, विसंगति रोक्ने र पारदर्शी भएर काम गर्ने पनि उहाँले बताउनुभयो ।

‘म आफु भ्रष्टचार गर्दिन,अरुलाई पनि गर्न दिन्न । शून्य सहनसिलतामा काम गर्छु। विगतको भ्रष्टाचारमा तुरुन्त एक्सनमा जान्छु, भएको कमीकमजोरीहरुलाई सुधार्छु,’ उहाँले भन्नुभयो ।

साथै उहाँले मेयरको तलब, भत्ता आफुले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्