Logo

सिद्धबाबामाथि ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



बिराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ ।

प्रहरीले आज बिहानै ४ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्