Logo

काठमाडौंको हाँडीगाउँमा सिलिन्डर विस्फोट हुँदा एक घाइते



काठमाडौं । काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ, जोगीकुटीमा गएराति खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् ।

सिलिन्डर विस्फोट हुँदा घाइते हुनेमा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह रहेका छन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्