Logo

मोटरसाइकलको ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको २५ किलो चरेससहित दुई जना पक्राउ



हेटौंडा । प्रहरीले हेटौंडा–पालुङ खण्ड,मकवानपुरबाट २५ किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेस र बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी सिसुवा–२ का २५ वर्षीय राजेश यादव र भारत मोग्लेसपुरका १८ वर्षीय ऋषिकु्मार यादव रहेका छन् ।

उनीहरुले पेट्रोल भर्ने ट्याङकीको तल्लो भाग काटेर त्यसमै चरेस लुकाएर प्रहरीलाई नै झुक्याउने गरी चरेस वीरगञ्ज लैजान लागेको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ यसरी लागूऔषधको तस्करी गरेको फेला पारेको यो नै पहिलो पटक हो ।

मकवानपुर र धादिङको बिभिन्न क्षेत्रमा उत्पादन गरिने लागूऔषध मकवानपुर आसपास हुँदै भारतसम्म र्पुयाउने गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्