Logo

माल्दिभ्समाथि १० विकेटले नेपालको शानदार जित



काठमाडौं । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेका हो ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका काजोल श्रेष्ठले अविजित १३ रन जोडिन त्यसैगरी सिता राना मगर सुन्य रनमा अविजित रहिन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्