Logo

चन्चलाले रजत जितेसँगै नेपालले पायो पहिलो पदक



काठमाडौं । नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेसँगै घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।

सातदोबाटोस्थित कराते हलमा आज भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भएकी हुन् । चन्चलाले फाइनलमा २४।६२ अंक जोडेकी छिन् ।

स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५।२८ अंक प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्