Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

आइप्याडबाटै सागको उदघाटन समारोह हेर्नुभयो



काठमाडौं । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सुधारको जानकारी गराउनुभएको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्