Logo

बलात्कार आरोपी सिद्धबाबा अस्पतालबाटै पक्राउ



सुनसरी । सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरिएको हो ।

उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिनुभयो । उनलाई इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ ।

सोमबार बिहानै भक्तजनसँग पूनः भेटघाट सुरु गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्