Logo

‘साग’ हुने स्थानमा वल्र्डलिंकको निशुल्क इन्टरनेट



काठमाडौं । वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने भएका छन् ।

वल्र्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वल्र्डलिंकले नेपालका दुर्गममा समेत निशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट निशुल्क इन्टरनेट चलाउँछन् ।

वल्र्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्