Logo

प्याजको भाउ बढेपछि मासु बिक्न छाड्यो



काठमाडौं । पछिल्लो समय नेपाल लगायत छिमेकी मुलुकमा प्याजको भाउ आकाशिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुकमा यसको भाउ आकाशिएको हो ।

नेपालमा मंसिर १२ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाअनुसार थोकमा प्याज प्रतिकिलो १९० रुपैयाँ तथा खुद्रामा प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको थियो ।

उक्त मुल्य कालीमाटी तरकारी बजारको मात्र हो । यहाँबाट किनेर लगेका व्यापारीले आफू खुसी भाउ राखेर बेचेपछि निम्न आयस्रोत भएकाले मात्रै होइन हुनेखानेले समेत प्याज किन्न छाडेका छन् ।

प्याजको भाउ बढेपछि यसको असर मासु व्यवसायलाई पनि परेको मासु व्यवसायीहरुले गुनासो गरेका छन् । प्याजको भाउ बढेपछि मासु किन्न मानिस आउनै छाडेको उनीहरुले बताएका छन् ।

प्याज नहालेको मासु मिठो हुँदैन भन्ने आममानिसको बुझाइका कारण पनि मासु विक्री घटेको मासु व्यवसायीहरु बताउँछन् । प्याजको भाउ बढेपछि खसी र कुखुराको मासुको समेत भाउ घटेको छ ।

प्रतिक्रिया दिनुहोस्