Logo

ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीन थुनामा जना

अनियमित ढंगले क्याम्पसमा प्राध्यापक नियुक्ति गरेको आरोप



वीरगञ्ज । देशकै पुरानो ठाकुरराम क्याम्पसमा विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखसहित तीन जनालाई बैठक कक्षमा थुनेका छन् । अनियमित ढंगले क्याम्पसमा प्राध्यापक नियुक्ति गरेको भन्दै विद्यार्थीहरुले क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापकहरुलाई आज बैठक कक्षमा थुनेका हुन् ।

क्याम्पसमा अवैधानिक प्रक्रियाबाट कर्मचारी तथा आंशिक प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियूले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् ।

शिक्षाको मन्दिरमा गुणस्तरीय जनशक्ति नियुक्त गर्नुपर्नेमा आफ्नो नातेदारका लागि भर्ना खुला गरेर आफ्नालाई प्राथमिकता दिएको र मागभन्दा पनी बढी कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

समाजशास्त्र संकायमा जनशक्ति हुँदाहुँदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरी ढंगबाट भर्ना खोलेर प्राध्यापक नियुक्त गरेको विद्यार्थीहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्