Logo

उपनिर्वाचनका लागि मतदान केन्द्र परेका विद्यालयहरू चार दिन बन्द हुने



काठमाडौं । आगामी मंसिर १४ हुने उपनिर्वाचनका लागि मतदान केन्द्र परेका विद्यालयहरू चार दिन बन्द हुने भएको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो । बुधबारदेखि नै निर्वाचन आयोगले कर्मचारीलाई मतदान केन्द्रमा पठाएको छ ।

उपनिर्वाचन हुने क्षेत्रका मतदान केन्द्र नपरेका विद्यालय भने सञ्चालन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्