Logo

आजबाट विधिवत रुपमा विवाह पञ्चमी महोत्सव सुरु



धनुषा । प्राचीन मिथिलाञ्चलको राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ ।

जानकी मन्दिरमा धुमधामसँग मनाइने सीताराम विवाह पञ्चमी महोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत आजबाट विधिवत रुपमा सुरु भएको हो । त्रेता युगमा जनकपुरमा राम र सीताबीच विवाह भएको स्मरणमा केही वर्षदेखि सप्ताहव्यापी रुपमा धुमधामसँग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।

प्रत्येक वर्ष विशिष्ट अतिथिलाई सहभागी गराउने कार्यक्रमअनुसार यस वर्ष प्रमुख आतिथ्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरिएको छ । भारतको अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भएको छ ।

महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ ९रंगभूमि०, १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्