Logo

हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याउने तयारी



काठमाडौं । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याउने भएका छन् ।

विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरमा दर्शन गर्न जाने भक्तजनलाई लगिनेछ । उक्त कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् ।

यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्