Logo

उपनिर्वाचनका लागि नेपाली कांग्रेसका नेता रिजाल देश दौडाहामा



कास्की । मंशिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल देश दौडाहामा लाग्नुभएको छ ।

उपनिर्वाचन नजिकिदै जाँदा नेता रिजाल उपनिर्वाचनज हुने देशका विभिन्न निर्वाचन क्षेत्रमा गएर नेपाली कांग्रेसको पक्षमा मत माग्नुभएको छ ।

निर्वाचनको प्रचारको शिलशिलामा यतिबेला कास्कीमा रहनुभएका नेता रिजाल कास्कीका उम्मेदार खेमराज पौडेलको पक्षमा मत माग्दै हिडनुभएको छ ।

कास्कीमा डेरा जमाएरै बस्नुभएका नेता रिजालले वर्तमान सरकारको एकलौटी तोडन तथा नागरिकको जीतका लागि नेपाली कांग्रेसको पक्षमा मत हाल्न आग्रह गर्नुभएको छ ।

सरकारले दुई तिहाईको दम्भ देखाउँदै एकलौटी काम गरेको भन्दै सरकारका यस्ता रबैया रोक्नका लागि पनि कास्कीमा कांग्रेसले जित्नुपर्ने नेता रिजालको भनाई छ ।

नेपाली कांग्रेस सदा लोकतन्त्रको पक्षमा लाग्ने पार्टी भएको भन्दै नेता रिजालले लोकतन्त्र रक्षाका लागि पनि मतदाताले कांग्रेसको पक्षमा मतदान गर्नुपर्ने बताउनुभएको छ ।

उपनिर्वाचनको मिति नजिएसँगै नेता रिजाल निर्वाचनको प्रचार–प्रसारका लागि देश दौडाहामा लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्