Logo

ओली सरकारको नयाँ मन्त्रीमण्डलले नेकपामा खैलाबैला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषदको पुर्नगठन गर्नुभएको छ । ८ जना पुराना मन्त्री हटाउनुभएका प्रधानमन्त्री ओलीले ९ जना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा प्रवेश गराउनुभएको छ ।

मन्त्री पद खोसिएका मन्त्रीहरुमा भौतिकपूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाल पर्यटन राज्यमन्त्री धनबहादुर बुढा रहेका छन यीनिहरु सबैजना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

गोकर्ण विष्ट हटाइए पछि सर्वत्र विरोध

ओली सरकारले अहिले हटाएका मन्त्रीहरुमध्य अधिकांशको प्रगती खासै देखिएको थिएन । श्रममन्त्री गोकर्ण विष्टको बाहेक । काम गर्न नसकेका अझै तर पावरवाला मन्त्री अझै मन्त्रीमण्डलमा रहिरहेको भनेर टिप्पणी भइरहेको छ ।

यस्तोमा हटाइएका श्रममन्त्री गोकर्ण विष्टको पक्षमा भने सामाजिक सञ्जाल तातेको छ । सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा श्रममन्त्री गोकर्ण विष्टलाई हटाएर सरकारले सामान्य नागरिकलाई प्रहार गरेको आरोप लगाएका छन् ।

श्रममन्त्री गोकर्ण विष्टले म्यानपावर र वैदेशिक रोजगारका दलालहरुको विपक्षमा काम गरेकै कारण उनलाई हटाएको टिप्पणी गरिएको छ ।

यी हुन सरकारमा गएका नयाँ अनुहार

नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव नयाँ मन्त्री बनेका अनुहार हुन । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन । भट्ट प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदमा श्रम मन्त्री र डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।

राज्यमन्त्रीमा दुई आउट तीन इन

मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

यी हुन पुरानै अनुहार

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री बिना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन ।

प्रतिक्रिया दिनुहोस्