Logo

बोलाइयो मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक



काठमाडौ। नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक केहि बेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानै बोलाइएको  बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ ।  एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्