Logo

सहकारीको पूँजी उत्पादनशील क्षेत्रमा लगानी होस् : मेयर बस्नेत

सहकारीलाई उपमेयरको सुझाव : नुन र सुन किन्न ऋण नदिनु



काठमाडौं । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सहकारीहरुमा देखिएका विकृति रोक्न सहकारी सञ्चालक बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मेयर बस्नेतले सदस्यहरुको आर्थिक सहभागिता हुने गरि बजारमा भएको सानो पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गनुपर्नेमा पैसा खरिद गर्ने काममा सहकारीहरु उद्धत देखिएको गुनासो गर्नुभयो ।

सहकारीमा सदस्यहरुको आर्थिक सहभागिता हुने भएकाले उनीहरुकै आर्थिक स्थिति सुधार, रोजगारी सिर्जना र समुदायप्रति चासो हुने खालका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । मेयर बस्नेतले भन्नुभयो, “समाजको आर्थिक र सामाजिक रुपान्तरणको उद्धेश्य राखेर सुरु भएका सहकारीले बजारबाट संकलित पुँजी पैसा खरिदमा नभई सहकारीको सिद्धान्तमै दृढ रहनुपर्छ, अहिलेबाटै जग बलियो हुन सकिएन भने समाजमा आर्थिक कारोबारको नाममा अर्को विकृती बढ्छ ।” कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले पनि सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभयो ।

उपमेयर तामाङले सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गर्नुभयो । । “जीवन्त सहकारी सफलता र समृद्धिको लागि” भन्ने मुल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सहकारीलाई उपमेयरको सुझाव : नुन र सुन किन्न ऋण नदिनु


दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन तथा कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै उप–प्रमुख तामाङले अहिले सहकारीहरुको पछिल्लो लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा नुन र सुन किन्ने नाममा ऋण प्रवाहमा केन्द्रित भएकाले बेलैमा सजग हुन समेत आग्रह गर्नुभयो ।

उप–प्रमुख तामाङले भन्नुभयो, “यस नगरपालिकामा विषयगत सहकारीहरु खुल्ने क्रम बढ्दो छ, योसँगै सहकारीमा बचत गर्न आउनेहरु विशेष गरेर ऋण पाउने आशाले मात्र आउनृुभएको हुन्छ ।

यसकारण अहिले बचत तथा ऋण हुनुपर्नेमा ऋण तथा बचत भन्नुपर्ने अवस्था आएको छ ।” उप–प्रमुख तामाङले सम्पूर्ण सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गर्नुभयो । “जीवन्त सहकारी सफलता र समृद्धिको लागि” भन्ने मुल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्