Logo

सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल



भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो उपनिर्बाचन सरकारको परिक्षा भएको बताउनुभएको छ । सरकारप्रतिको असन्तुष्टी मतदाताको लागि सरकारको मध्याबदी मूल्यांकनको अबसर भएको उल्लेख गर्नुभएको छ ।

वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गर्नुभयो ।

सरकार दुइतिहाको आड्मा स्वइच्छाचारी बन्दै गएको भन्दै नेता पौडेलले यसको हिसाब किताब मतदाताले मतदान मार्फत दिनुपर्ने उहाँको भनाई छ । वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।

बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्