Logo

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्नेछ : प्रचण्ड



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ  ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था नभएको र अझै गर्नुपर्ने धेरै कुरा रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्