Logo

‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आफ्ना सवारी साधनमा टाँस्न यातायात व्यवसायीहरुलाई आग्रह



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरेका छन् ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस्ने  निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्