Logo

कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको छ : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए ।

‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ’ उनले भने ‘चाहे कोही सांसद फौजदारी मुद्दामा पर्दा निलम्बन होस् ।’

प्रवक्ता शर्माले यस्तो कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्