Logo

बोलिभियाका पूर्व राष्ट्रपति मोरालेस मेक्सिकोको शरणमा



एजेन्सी । बोलिभियाका पूर्व राष्ट्रपति मेक्सिको पुगेका छन् । राष्ट्रपतिबाट राजीनामा दिएको तेस्रो दिनमै एभो मोरालेस राजनीतिक शरण लिन मेक्सिको पुगेका हुन् ।

मेक्सिको सिटी पुगेका मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएकाले राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् ।

गत अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।

मोरालेसले आफूलाई पद छोड्न बाध्य पारिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्