Logo

भारतीय राजदूतावासअघि भारतको नयाँ नक्सा जलाएर विद्यार्थीले गरे विरोध प्रदशर्न



काठमाडौँ । भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै देशभर आन्दोलन जारी रहेको छ ।आज पनि विद्यार्थीले विरोध जारी राखेका छन् ।

सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले आज बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि भारतको नयाँ नक्सा जलाएर विरोध प्रदशर्न गरेका छन् ।

विद्यार्थीहरूले ‘लिपलेक  हाम्रो हो’, ‘भारतीय विस्तारवाद-मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Recent Posts