Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २ मिलियन डलर रकम जरिवाना तिर्न आदेश

परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप



एजेन्सी । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम जरिवाना तिर्न आदेश दिएकी छिन् ।

राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।

न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ । उनले सो रकम ट्रम्पसँग सम्बन्धित नरहेका आठ च्यारिटीमा जानुपर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts