Logo

चोभारबाट अमेरिकी ब्राण्डको पेस्तोलसहित तीन जना पक्राउ



काठमाडौं ।  प्रहरीले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।

उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको एसएसपी थापाले पुष्टि गरे । एसएसपी थापाका अनुसार उनीहरुबाट एउटा बा१७च ८३६४ नम्बरको निजी कार र केही परिमाणमा लागूऔषधसमेत बरामद गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts